पराई माया चुनेर जाओस । गजल । कृष्ण खड्का । - Palpali Milan

26 February 2012

demo-image

पराई माया चुनेर जाओस । गजल । कृष्ण खड्का ।

बिलौना मेरो सुनेर जाओस
पराई माया चुनेर जाओस

मायाको साटो घातले दिनहुँ
मायालु मुटु थुनेर जाओस

छोडेर आधा अधुरो मलाई
अरुको भाग्य बुनेर जाओस



सज्दैछ मेरो शरीर चितामा
अन्तिम माला उनेर जाओस

गजलकार
कृष्ण खड्का
सानोश्री बर्दिया

Search

Contact Form

Name

Email *

Message *