सत्य एउटा गजल लेख्थें । गजल । सुमित सुबेदी । - Palpali Milan

22 February 2012

demo-image

सत्य एउटा गजल लेख्थें । गजल । सुमित सुबेदी ।

Sumit+Subedi
काफिया पाको भए, सत्य एउटा गजल लेख्थें
मतला आको भए, सत्य एउटा गजल लेख्थें

सोझो परियो बाबै, जे गरेनी फुर्दै फुरेन गाँठे
ए जाड खाको भए, सत्य एउटा गजल लेख्थें

गईन कहिले नि खै, बोलाउथी भेट्न लाई  त
अँ भेट्न गाको भए, सत्य एउटा गजल लेख्थें


फुलमाया लाइ जिस्क्याइयो, नेपालि पढ्ने बेला
हो स्कुल धाको भए, सत्य एउटा गजल लेख्थें

कि माया कि त धोका, चाहिने हो कि गजल लाइ
धत् माया लाको भए, सत्य एउटा गजल लेख्थें !!
गजलकार
सुमित सुबेदी
स्यांग्जा, वालिंग

Search

Contact Form

Name

Email *

Message *