प्रेम दिवस . । नेपाली गजल । अतित सुब्बा । - Palpali Milan

13 February 2012

demo-image

प्रेम दिवस . । नेपाली गजल । अतित सुब्बा ।

atit+Lingden
आउने प्रेम दिवसको छुट्टै प्लान बनाउँदै छु
निम्तो मान रचनाको तिमीलाई जनाउँदै छु

सबैको चाहना भएर संसारको रित यस्तै छ
कोको पर्छ थाहा छैन मनको राजा छनाउँदै छु

औंला भाँची कयौं गने नम्बर त्यसै मेटिदै गए
पर्ने होकी होईन उनी भाग्य चिठ्ठा तनाउँदै छु


परें उसको जालमा अवस्य पनि स्वीकार्ने छिन
उही दिन पारी जीवनको सारा हात थमाउँदै छु

जीन्दगीको सहारा उही हुनेछ अन्तिम चाहना
मन परेकी रानी लाई फकाई फुलाई मनाउँदै छु

एक्लो थियो यात्रा मेरो अचानक भेट भो हाम्रो
उसको न्यानो माया देखी आज फेरी रमाउँदै छु

गजलकार
अतित सुब्बा (लिङ्देन)
झापा
प्रेम दिवस . ।  नेपाली गजल । अतित सुब्बा ।

Search

Contact Form

Name

Email *

Message *