तिम्रो तस्बिर । नेपाली गजल । श्रेष्ठ बसु । - Palpali Milan

13 February 2012

demo-image

तिम्रो तस्बिर । नेपाली गजल । श्रेष्ठ बसु ।

Shrestha+Bashuतिम्रो तस्बिर हेरेर नै बसौ की ?
बाहुपास अँगालो भित्र कसौ की ?

नशालु नयन को तिर बनाई
कोमल त्यो मुटु बिच धसौ की ?

मन भरी को पिडा सबै बिर्सेर
मातलाग्दो ती अधरमा फसौ की ?


आखाँ भित्रको गहिरो सागर मा
हुत्तिएर डुब्लुकी मार्न पसौ की ?

चाहना का छाल लाई समेटेर
पानी बनी परेली बाट खसौ की ?

गजलकार
श्रेष्ठ बसु
भैरहवा नेपाल हाल इजराएल
तिम्रो तस्बिर  ।  नेपाली गजल । श्रेष्ठ बसु ।

Search

Contact Form

Name

Email *

Message *