प्रेम !! नेपाली गजल । श्रेष्ठ बसु । - Palpali Milan

14 February 2012

demo-image

प्रेम !! नेपाली गजल । श्रेष्ठ बसु ।

Shrestha+Bashu
दुई आत्मा को मेल हो प्रेम
धोखा पाए मा खेल हो प्रेम

हिरा मोती को जन्जिरले नै
बाधी राख्ने त्यो जेल हो प्रेम

भगवान को आरती गर्ने
दियो को साथी तेल हो प्रेम


भौतारिए को यात्रु लाई नै
गन्तव्य दिने रेल हो प्रेम

बुझे भगवान को उपहार
नबुझ्ने लाई झेल हो प्रेम !!

गजलकार
श्रेष्ठ बसु
भैरहवा नेपाल हाल इजराएल

Search

Contact Form

Name

Email *

Message *