पुछिएको खाली सिउँदो । नेपाली गजल । शान्ती अधिकारी । - Palpali Milan

11 February 2012

demo-image

पुछिएको खाली सिउँदो । नेपाली गजल । शान्ती अधिकारी ।

Shanti+Adhikari
पुछिएको खाली सिउँदो,त्यो हातले भर्न सक्छौ ?
संकुचित भावनालाई,परिवर्तन गर्न सक्छौ ?

पापी हैन भवितव्य,पर्न सक्छ जो कोहिलाई
साच्चै भन मर्ने सगँ,तिमी पनि मर्न सक्छौ ?

अलछिनी कर्महारा, नभनन मन रुन्छ
सान्तवनाले मन सेक्दै,यो दु:खलाई हर्न सक्छौ ?


सधै भन्छौ ति आखाँबाट,अश्रु गगाँ नबगाउ न
भन तिमि यि हात थामी,समाज अघि पर्न सक्छौ ?

पुछिएको खाली सिउँदो,त्यो हातले भर्न सक्छौ ?
संकुचित भावनालाई,परिवर्तन गर्न सक्छौ ?

गजलकार
शान्ती अधिकारी
लमजुङ्ग नेपाल हाल नेपालगञ्ज

Search

Contact Form

Name

Email *

Message *