बाडेर माया संसार जित्नु पर्छ । गजल । कल्पना राई । - Palpali Milan

27 February 2012

demo-image

बाडेर माया संसार जित्नु पर्छ । गजल । कल्पना राई ।

calpana+rai
बाडेर माया संसार जित्नु पर्छ
वर्षाई खुशी अंसार सिच्नु पर्छ !!

छेकेर के भो?असत्य पर्दा पछी
बढेर अघि संघार मिच्नु पर्छ !!

मौलाई जान्छ सोचेर दुख बरै
वेदना जति हासेर थिच्नु पर्छ !!


घमण्ड गरि हुदैन केही फाप
सहेर रिस खुट्टाले किच्नु पर्छ !!

हुदैन कोहि ,सानो र ठुलो याहाँ
सरल रेखा मिलेर खिच्नु पर्छ !!

गजलकार
कल्पना राई
दोलखा नेपाल ।

Search

Contact Form

Name

Email *

Message *