** मान्दैन यो मन ** गजल । एकेन्द्र खड्का । - Palpali Milan

27 February 2012

demo-image

** मान्दैन यो मन ** गजल । एकेन्द्र खड्का ।

Ekendra+Khadka
छट्पटिन्छु रातै भरी,मान्दैन यो मन
तिमी बिना कसै गरी,मान्दैन यो मन

खै कसरी बुझाईदिन्छ, दुनियालाई यो
आफ्नो भने कठै बरी, मान्दैन यो मन

भन्नेहरु क्या मजाले, भन्छन् बिर्सिदिनु
सम्झिन्छ झन् घरी-घरी ,मान्दैन यो मन



फक्रिएको फूल झैँ, सुवास बोकी मायाको
बहन्छ यो हावा सरी, मान्दैन यो मन 

यै चाल भएँ पागल भन्छन्, दुनियाँले अब
लौँ बुझन ए सुन्दरी मान्दैन यो मन

गजलकार
एकेन्द्र खड्का 'अछामीँ
सृजना-कुञ्ज कैलाली
मधुवन साहित्यिक प्रतिष्ठान,काठमाण्डौँ

Search

Contact Form

Name

Email *

Message *