प्रेम दिवस । नेपाली गजल । अस्मी जी.एम.। - Palpali Milan

14 February 2012

demo-image

प्रेम दिवस । नेपाली गजल । अस्मी जी.एम.।

Ashmi+GM
अचारमा तिलको छोप हो कि प्रेम दिवस
बिरामीलाई दादुरे खोप हो कि प्रेम दिवस

वर्षभरिमा एकचोटी हर्सौल्लास मनाउदै
फूलपातीमा पड्काउने तोप हो कि प्रेम दिवस

सालैभरी चुम्बकको विपरित ध्रुव जस्तो
आजैको दिन टासीने चोप हो कि प्रेम दिवस


बा-आमाको मर्जीमा नै बिहे गर्नु पर्ने हामी
नेपालीको सस्कृतीमा लोप हो कि प्रेम दिवस

गजलकार
अस्मी जी.एम.
पोखरा नेपाल

Search

Contact Form

Name

Email *

Message *