मिरमिरेमै भेट्थ्यौ हामी । नेपाली गीत । राजेश रुम्बा लामा । - Palpali Milan

14 February 2012

demo-image

मिरमिरेमै भेट्थ्यौ हामी । नेपाली गीत । राजेश रुम्बा लामा ।

Rajesh+Rumba+Lama
बिहानीको लाली छाउँदा,कोइली चरी गाउँदा
कति मुटु जल्दो होला,आफु एक्लै पाउँदा

मिरमिरेमै भेट्थ्यौ हामी,जान्थ्यौं वन पाखा
पोख्थ्यौ हामी पिर व्यथा,गाउँदै मिठो भाका
विवशतामा बसे देखि,तिखो वचन लाउँदा
कति मुटु जल्दो होला,आफु एक्लै पाउँदा





छिटै आउ है प्यारा भन्थे,छुट्दा पाउ छोकी
मेरै बाटो नजर लाउँदै,हौली कति रोकी
अतित सम्झी मन रुंदा हो,लेक बेंसी धाउँदा
कति मुटु जल्दो होला,आफु एक्लै पाउँदा

बिहानीको लाली छाउँदा,कोहिली चरी गाउँदा
कति मुटु जल्दो होला,आफु एक्लै पाउँदा

गीतकार
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com

Search

Contact Form

Name

Email *

Message *