महल छैन, म त खुशी हुन्छु, आफ्नै झुप्रोमा
जिउनलाई डोको नाम्लो बुन्छु, आफ्नै झुप्रोमा
अरु घोडा चढ्यो भन्दै,धुरी चढ्न जान्न म
छानो फाटे, डाँडा भाटा तुन्छु, आफ्नै झुप्रोमा
पीडाहरु उकुस मुकुस्,बाहिर आउन खोज्छन्
सम्हालेर यो मन मेरो ,थुन्छु आफ्नै झुप्रोमा
सुन चाँदी हिरा मोती,पाउनु कहाँ जिन्दगीमा
सिलाबरको थोत्रै थाली,धुन्छु आफ्नै झुप्रोमा
हज्जार हास्लान मेरो रोदन्,बाहिर देखाउ भने
जती रुनु छ धोको फेरि,रुन्छु आफ्नै झुप्रोमा
दु:ख पछी सुख आउने,,प्रतिक्षा मै दिन ढाली
आशाका ति लाखौँ थुङ्गा,उन्छु आफ्नै झुप्रोमा

गजलकार
योगेन ढोली
लुक्ला,सोलुखुम्बु
No comments:
Post a Comment