कविता "आफ्नै जीवनी" - Palpali Milan

06 March 2012

demo-image

कविता "आफ्नै जीवनी"

Ganesh+Nepali
पढें जीवनी ठुलो मान्छेहरूको
र पढें राक्षसहरूको पनी,
भुले पढ्न
आफ्नै जीवनी..

पढें धेरै कथाहरू प्रेमका
र पढें विछोडका कथा पनी,
भुले पढ्न
आफ्नै प्रेमकथा...


सुनें धेरै मृत्युका घटना
र देखें धेरै लाशहरू पनी
पाइंदैन देख्न
आफ्नै मृत्यु र लाश....

देखें धेरै हाँसो र खुशीहरू
देखें आँशु र पिडाहरू पनी..,
हाँसो र आँशुको दोसाँधमा
अल्झीएको छु आफैं..
कवी
गणेश नेपाली
भरत पोखरी –७ कास्की,पोखरा
हाल – अबुधाबी यू ए इ ।

Search

Contact Form

Name

Email *

Message *