*** समर्पणजीका गजलहरु *** - Palpali Milan

22 June 2012

demo-image

*** समर्पणजीका गजलहरु ***

Khakendra+Saud+Samarpan*** समर्पणजीका गजलहरु ***
तिमी आउनु मात्र भनि उसले
सिन्दुर लाउनु मात्र भनि उसले

आफु अलप भएर गई तापनि
यहीं धाउनु मात्र भनि उसले

यमराज मेरो प्रतिक्षामा हजुर
याद बि"राउनु मात्र भनि उसले

समर्पण याद सम्हाल जान्छु
खुशी पाउनु मात्र भनि उसले


तस्विर हातमा थमाएर आफ्नो
मन् बु"झाउनु मात्र भनि उसले



जो थियो उहि व्यवहार देखायो

जो थियो उहि व्यवहार देखायो
वाह ! कस्तो पवित्र संसार देखायो

निश्छल निर्जल मायाको मैदानमा
Khakendra+Saud+Samarpanफोहोरी सो अन"कन्टार देखायो

आखिर मलाई घोच्न खोजिन होलि क्यार
हजारलाई चुमाउने संचार देखायो

क्या देखायो देखाउन अस्मिता बेचेर
जे देखायो अश्लिल आकार देखायो


लाग्छ उ वैंशको चरम मोड्मा छ हो
र पो त ओछ्यान र दरबार देखायो

जाउ चाहिन्न मलाई त्यो अपवित्र वदन
वदनले सौहागको आधार देखायो



मेरो देश देश रहेन

Khakendra+Writing+Gajals
देशमाथि अहो दमन वा ! गज्जब छ
निर्दोष यो झेली जीवन वा ! गज्जब छ

निरंकुस्ता दमनकारी भ्रष्ट बन्दुहरु
जन्मदैछ अझै गगन वा ! गज्जब छ

जहीतही थिचोमिचो हत्या हिंसा वाह !
अनि यो रहन सहन वा ! गज्जब छ

महलिया आफ्नै मोजमा मस्त हुन्छन तर
गरिब मात्र मर्ने सासन वा ! गज्जब छ

कहिले भारत कैले चीन हात थाप्ने नेताहरु
पिढीलाई यस्को वजन वा ! गज्जब छ

गजलकार
खकेंद्र साउद समर्पण
हात्तिकोट ८ साउदटोल (अछाम

Search

Contact Form

Name

Email *

Message *