घोचो : नयाँ विधा नयाँ प्रयास ( भाग - १ ) - Palpali Milan

05 September 2012

demo-image

घोचो : नयाँ विधा नयाँ प्रयास ( भाग - १ )

Ghocho+euta+naya+sahityik+bidha


नयाँ साहित्यिक विधाको रुपमा सुरुवात गरिएको घोचोलाई साहित्यअनुरागी सम्पूर्ण सहित्यिक मनहरु समक्ष पुर्याउने एउटा सानो प्रयास स्वरुप केहि घोचोहरुको साथमा घोचो : नयाँ विधा नयाँ प्रयास भाग १ यहाँहरु सम्पूर्णमा समर्पित गर्दछौ





 आजभोली (अस्मी जी.एम)

Asmi+GM साहित्यमा विविधता आएको छ आजभोली
सर्जकमा अन्योलता छाएको छ आजभोली !!

कोहि भन्छन् ठुलो दाइ कोहि दाइ ठुले यहाँ
एकताले अनेकता पाएको छ आजभोली !!

सर्जकमा अन्योलता छाएको छ आजभोली
एकताले अनेकता पाएको छ आजभोली !!


Ilami+garuwali+saailo+copyके घोचो ? ( ईलामे गरुवाली साईलो )

घोचकले अनार झारेन भने के घोचो ?
सर्पलाई खुत्रुक्कै पारेन भने के घोचो ?

लगाएर निसानी हानेर घुएत्रो त्यहाँ
चरीलाई भुतुक्कै मारेन भने के घोचो ?

सर्पलाई खुत्रुक्कै पारेन भने के घोचो ?
चरीलाई भुतुक्कै मारेन भने के घोचो ?

पानी कस्तो ( नगेन्द्र थापा )
Nagendra+thapa+copy
ढुङ्गा पगाल्न सक्ने मायाको, बानी कस्तो
सँसार देख्न सक्ने आँखाको, नानी कस्तो

जती पिउदा नि नमेटिने, मायाको प्यास
सुक्दै नसुक्ने यो सागरको, पानी कस्तो

सँसार देख्न सक्ने आँखाको, नानी कस्तो
सुक्दै नसुक्ने यो सागरको, पानी कस्तो


तारापनि झारिदिन्छु ( नीरस मैनाली )
Image+2
तिमी भनि हेर प्रिय तारापनि झारिदिन्छु
तिम्रा शत्रु जति सबै चारधाम तारीदिन्छु

ढुक्क भई बस्नु फेरी मानि सधैं मेरै भर
समिप त्यी आए भने छेकबार बारीदिन्छु

तिम्रा शत्रु जति सबै चारधाम तारीदिन्छु
समिप त्यी आए भने छेकबार बारीदिन्छु

 मार्नु ठिक हैन ( रबिन प्रधान 'प्रतिक' )
Image+4
जन्मेकालाई मार्नु ठिक हैन !
सफलता छ हार्नु ठिक हैन !!

सर्जक त्यसै मर्न चाहन्नन् !
अप्ठेरो बिच पार्नु ठिक हैन !!

सफलता छ हार्नु ठिक हैन !
अप्ठेरो बिच पार्नु ठिक हैन !!




नजरले लठ्यायो ( राज कंडेल "निरास" )

Image+5
कँसिला ति दन्त लहरले लठ्यायो
हँसिला उनका अधरले लठ्यायो

दिवाना बने छू त्यो सुन्दर रुपको
नसिला नयन नजरले लठ्यायो

हँसिला उनका अधरले लठ्यायो
नसिला नयन नजरले लठ्यायो


shamser+lama+moktanरुन्छ्यौ तिमी (शमसेर लामा मोक्तान )


हजार फूल, चुन्छ्यौ तिमी
आखिर एक्लै, हुन्छ्यौ तिमी

पश्चातापमा, छाती पिटी
मलाई सम्झी, रुन्छ्यौ तिमी


आखिर एक्लै, हुन्छ्यौ तिमी
मलाई सम्झी, रुन्छ्यौ तिमी
 

Search

Contact Form

Name

Email *

Message *