जिन्दगीले सतायो
मलाई मेरै जिन्दगीले सतायो
पिउदा आँशु आँशुले नै मतायो ।।
मरिच जस्तै चाउरे यो मुहार
अभागी रै छु निधारैले बतायो ।।
अभाव भित्र कठाङ्रिदै जामेको
थिए म आज भोको पेटले ततायो ।।
दुनीया सबै स्वार्थी छन सुने थे
आज यो समयले नै जतायो ।।
सकिन बुझ्न जिन्दगीको झमेला
जिली न गाँठी खोइ के हो कता यो ।।
ढाक्न छोडे मैले
शिर छोप्ने टोपी छैन लाज ढाक्न छोडे मैले
छेवै नाङो पारे मलाई माज ढाक्न छोडे मैले ।।
शान्ती बोक्ने परेवा नै सुरक्षित पो कहाँ रह्यो
जंगली त्यो सिनो लुछ्ने बाज ढाक्न छोडे मैले ।।
बन्दिन म तिमी जस्तो खास्टो ओढी समाज सेवी
जे जे थियो देखियो त राज ढाक्न छोडे मैले ।।
सरकार परीवर्तन हुँदा सधैं आँफै हुन्छु सरुवामा
करारमा राखे पछी काज ढाक्न छोडे मैले ।।
ज्यान मारा भए म नै मरे पनि नेता ज्युको
लान्छानाले श्रीपेंच र ताज ढाक्न छोडे मैले ।।
गजल अधुरै छ
भरियाको कथा बोक्ने त्यो गजल अधुरै छ
पसिनाको मुल्य तोक्ने त्यो गजल अधुरै छ ।।
के दिन्छौ र पहिचान भारी बोक्छु भरिया हुँ
नखोक भो मैले खोक्ने त्यो गजल अधुरै छ ।।
ढुङो माटो सबै बोल्छ अन्यायले थिचे पछी
बोली बाटै गोली ठोक्ने त्यो गजल अधुरै छ ।।
कालो तिम्रो कर्तुत त्यो मैले लेखे भने फेरी
सर्माएर जिब्रो टोक्ने त्यो गजल अधुरै छ ।।
दु:ख पीडा लेख्दै थिए मुटु दुख्यो हल्का पिएँ
अँधेरीमा बसी धोक्ने त्यो गजल अधुरै छ ।।
गजलकार
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी हाल साउदी अरब
jeetu-khadka.blogspot.com