'विवश'जी को गजल ।
घाँस खाने पशु बरु , देखिन्छ है इमान्दारी ।
दु:ख लाग्छ मानव जाती , बन्दाखेरी दूराचारी ।।
बाँचौ अनी बचाउँको , सिद्धान्त नै भूली सक्यो ।
ब्रह्म लूटै गर्न खोज्छ ,भयो साह्रै हन्त कारी ।।
सबको सोँच एक भए , हुन्थ्यो किन ? अशान्ति नै ।
यो दुनियाँ बन्ने थियो , भने जस्तो सुकुमारी ।।
ढाँट छल गर्दै मान्छे , एक्लै सुखी बनेकोछ ।
तर 'विवश 'बन्ने छैन ,छली रुप भेषधारी ।।
गजलकार
दीर्घ क्षत्री 'विवश'