अनुजीका मुक्तकहरुको संगालो । - Palpali Milan

24 January 2013

demo-image

अनुजीका मुक्तकहरुको संगालो ।



अनुजीका मुक्तकहरुको संगालो ।
Anu+Shah


हुलाकिले चिट्ठी ल्याउन किन छोड्यो अचेल,
लाहुरेले लाग्छ पाइला अन्तै मोड्यो अचेल,

पर्खाइ मै बित्यो जीवन बाटो कुर्दा कुर्दै,
मलाई छोडि की अन्तै पो नाता जोड्यो अचेल





मन सागर मा यसरी कमल फुलायौ किन
छोयर मनको तार मायाँमा भुलायौ किन।

उफ्फ यो हलचल यो बैचनी अनी छटपटी।
तिम्रो स्पर्सको मिठाश चखाउन बोलायैा किन।



anu+shahआज हक सम्झेर रिसाऊँ कि हजुर ?
मनको बेलि बिस्तार बिसाऊँ कि हजुर?

चाहना लाई प्यालामा भरेर पिऊँदै गरेको
त्यो तिम्रो नशामा मिसाऊ कि हजुर?



झट्ट विश्वाश गर्दिन ह्जुर,
गरे पछी तोड्दिन हजुर,

सम्बन्ध हो जिवन भरको,
बाचुन्जेल छोडदिन हजुर,


मादलको बज्ने आफ्नै ताल हुँदो रहेछ
मायाँलुको मायाँ थाप्ने जाल हुँदो रहेछ

प्रेमको मिठाश लाई छिनमै भुल्न सक्ने
किनारा लाई अंगाल्ने छाल हुँदो रहेछ ।

अनु शाह
बानेश्वर काठमाडौँ नेपाल

Search

Contact Form

Name

Email *

Message *