बयान नगर भो । गजल । टिका खड्का "राष्ट्रप्रेमी" । - Palpali Milan

05 April 2013

demo-image

बयान नगर भो । गजल । टिका खड्का "राष्ट्रप्रेमी" ।

Tika+Khadka+Rashtrapremi
** बयान नगर भो **


मायाँमा नै हारें मैले जितको बयान नगर भो
ज्यानै खायो पिरतीले प्रीतको बयान नगर भो


सबै टाढा हुँदा रैछन् दु:खै दु:ख पर्दाखेरि
सुख हुँदा नजिक आउने मीतको बयान नगर भो


ठूलै वर्षा हुनुपर्छ हरियाली छाउन यहाँ
झुल्कै घाममै सुकी जाने शीतको बयान नगर भो

मानव भन्नु सबै उस्तै छैन फरक रतिभर
मान्छे मान्छे फरक ठान्ने रीतको बयान नगर भो

मिठो लाग्छ छङ्छङ् गर्ने छहराको मधुर धून
मुटु रेट्ने बिरही त्यो गीतको बयान नगर भो



गजलकार
टिका खड्का "राष्ट्रप्रेमी"
मधुमल्ला-४
मोरंग

Search

Contact Form

Name

Email *

Message *