Nepali Jokes By Kale N Gore. - Palpali Milan

Recent

19 January 2017

Nepali Jokes By Kale N Gore.

Nepali Jokes By Kale N Gore.

Collection of funny Nepali jokes by Kale N Gore.
funny cartoon
सस्तोमा परिछस नि !
गोरेलाई उदास भएर बसेको देखेर ...
काले : ओए गोरे के भो यार, किन लास्ट झोक्रायर बसिराको..के भो र भन न सोल्टा ?
गोरे : यार, मलाई लास्ट बोर लागिराछ यार ! आजकल मेरो बुढी गोरीलाई यसो पप्पी खान खोज्यो भने पहिला १०० रुपिया माग्छे यार !
काले : आच, सोल्टा त त् सस्तोमा परिछस नि ! मलाई त अस्ति ५०० माग्दै थिइ !!
Funny jokes of kale n goreबाख्रीको दुध 

गोरे कालेको घरमा दुध लिन गएछ...
गोरे : ओए काले यो भाडोमा एक किलो भैसीको दुध राख्दे त यार !
काले : यति सानो भाडोमा एक किलो भैसीको दुध त कहाँ अट्छ र यार ?
गोरे एकछिन सोचेर ..: लौ ! ठिकै छ, उसो भए एक किलो बाख्रीको दुध राख्दें त यार !




मेरो साख्खै भाउजु हो ।

काले र गोरे आर्मीमा भर्ति भएछन अनि तालिमको दौरान मेजरले गोरेलाई एउटा ठुलो बन्दुक दिएर सोधेछन....
मेजर साब : ल भन त गोरे यो के हो ?
गोरे : हजुर यो बन्दुक हो ।
मेजर साब : यो बन्दुक मात्रै होइन..! यो तेरो प्राण रक्षा गर्ने ढाल हो, शान हो, तेरो श्रीमती सरह हो यो बुजिस !
गोरे : बुजे सर ।
मेजरले त्येस्तै बन्दुक कालेलाई दिएर सोधेछन ..
मेजर साब : ल भन त काले यो के हो ?
काले : हजुर सर ..! यो बन्दुक मात्र होइन, यो गोरेको श्रीमती अनि मेरो साख्खै भाउजु हो ।

कुन चाही रोग ?

doctor checking chipanji photo
काले डा.गोरेको क्लिनिकमा गएछ अनि...
काले : डाक्टर मलाई एकदमै नराम्रो रोग लाग्यो लौन के गर्ने होला ?
डा.गोरे : के रोग लाग्यो र त्येस्तो ?
काले : आजकल मैले जे कुरा पनि बिर्सिन लाको छु
डा.गोरे : अनि कहिले देखी यस्तो रोग लागेको हजुरलाई ?
काले : कुन चाही रोग डाक्टर साब ? 






गधाहरुले रक्सी खादैनन ...!!!!

एकदिन काले र गोरेले थुप्रै गधाहरुको आगाडी एउटा बाल्टीमा मा रक्सी र अर्को मा पानि राखेर दिएछन
त्यी गधाहरुले रक्सि नखाई पानि मात्रै खाएछन ...
यो देखेर र काले र गोरे ले यो निष्कर्ष निकाले .....गधाहरुले रक्सी खादैनन ...!!!! 


गुदी मात्रै देन त

काले गोरेको केरा पसल मा गएछ अनि.....
काले : ओए गोरे यो केरा लाई कति हो ?
गोरे : १ रुपियाको एउटा !
काले : एक मोहर (५० पैसा ) मा देन यार !
गोरे : एक मोहर मा त बोक्रा मात्रै आउछ .
काले : उसो भए, ल यो एक मोहर राख अनि बोक्रा पनि तैले जो राख मलाई चाही त्यो भित्रको गुदी मात्रै देन त !!


म त पाल्पामा जन्मेको

च्यान्टे सरले कालेलाई उठाएर " तिमी कहाँ जन्मेको ? " भनेर सोध्नुभयो ।
काले : सर म त उर्लाबारीमा जन्मेको ..!
च्यान्टे सर : ए हो उसो भए उर्लाबारीको स्पेलिंग भन त काले बाबु !
काले एकछिन सोचेर ...: होइन, होइन सर म त पाल्पामा जन्मेको ।


fuuny cat at beach
म सरप्राइज दिन्छु के होई !!

गोरेको बुढीलाई व्यथा लगेर हस्पिटलमा लागेको सुनेर काले आत्तिदै आयो ।
त्येतिनै खेर नर्स आइन र भनिन:-" बधाई छ गोरेजी छोरी भएको छ !"
काले खुशी हुँदै : ओए गोरे ओए गोरे भाउजु लाई नभन ल ..म सरप्राइज दिन्छु के होई !!

दुईटा भाले झिंगा मारे..!

काले खुशी हुदै आएको देखेर ...
गोरे : होइन, किन यति सारो खुशी ?
काले : मैले आज तीनवटा पोथी झिंगा अनि दुईटा भाले झिंगा मारे..!
गोरे : ओह हो ठुलै काम गरेछस तर पोथी र भाले भनेर तलाई कसरी थाहा भो नि ?
काले : तीनवटा झिंगा मेरो बुढीको मेक-अप बक्स माथी बसिराथे अनि दुईटा चाही मेरो खैनीको डिब्बा माथि ..!!

कस्तो झूर ठाउँ !!

baby laufhing photoगोरे कालेको घरमा नेट चलाउन भनि जादाँ काले कसैलाई ए-मेल पठाउदै थियो ।
गोरे : ओए कालु कसलाई मेल गरेको ?
काले : गिरिजा प्रसाद कोइरालाई ...१० वटा मेल पठाको एउटै रिप्लाई आएन यार !
गोरे : ओए बेवकुफ, वहाँ त बितिस्क्नुभो नि, अहिले स्वर्गमा हुनुहुन्छ ।
काले : ए हो र अनि यो स्वर्गमा नेट हुन्न र यार, कस्तो झूर ठाउँ !!


cute funny girls
आज ठ्याकै एक महिना पुग्यो

कालेलाई निराश देखेर
गोरे : ओए काले के भो यार ?
काले : काली रिसाएर म सित १ महिना बोल्दिन भनेर माइत गएकी छ यार !
गोरे : त्यो त खुशीको कुरो हो नि यार ! किन निराश भाको ?
काले : आज ठ्याकै एक महिना पुग्यो अनि ऊ माइतबाट आउदै छे यार ।


facebook funny photoUrine Test गर्न पर्छ रे ...!

काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै च्यान्टे : ओए ...गोरे किन रोको यार त...?
गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
च्यान्टे : अनि काले त किन रुइरको ...
काले : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु 


donkey laughing
गधालाई हरियो चश्मा

काले गोरेलाई आफ्नो दुस्ख पोख्दै भनेछ : ओए गोरे,मेरो गधाले हरियो घाँस खाने बानि लागेर सुकेको घाँस त खाँदै खाँदैन् । के गर्ने होला ?
गोरे : मेरो भैसीले पनि सुकेको घाँस खाँदैनथ्यो,मैले हरियो चश्मा लगाइदिएको आजकल मज्जाले खान्छ ।
दोस्रो दिन काले हातमा प्लाष्टर गरेर आउदै गरेको देखेर
गोरे : ओए काले के भयो यार ?
काले : गधालाई हरियो चश्मा लगाइदिदै थिएँ । गधाले दुई लात्ती हान्यो र मलाई भैसी सम्झिस् की क्या हो पो भन्छ यार !!

मुर्दारहरु ...!!!

एकदिन काले त गोरे खुसि हुदै घरमा आएर दिदीलाई भनेछन ..
काले र गोरे : दिदि हामीले त आज राम्रो खेलेर स्कुलको पुरानो रेकर्ड नै तोडिदिएम नि ..
रिसाउदै दिदि : तिमीहरुको काम अरु के भो र ?? घर को समान जति तोडेर नभएर आब स्कुलको रेकर्ड नि तोड्यौ होइन मुर्दार हरु ...!!!

Search