फलानोले के भन्छ ?? कविता । मनिष काफ्ले - Palpali Milan

09 May 2018

demo-image

फलानोले के भन्छ ?? कविता । मनिष काफ्ले

Manish+Kafle+Dari
म खुब डराउछु अचेल
सानोमा हाउगुजीसँग डराए जस्तै
आगनमा खोपी खेल्दा हजुरबासँग
डराए जस्तै
एउटा कोठाको चारकुनामा
जिन्दगिले लुकाएको छु ठूलो हाउगुजी
चालिएका पाइलाहरु
पसिदिन्छन तिनै आगनका खोपिहरुमा
जसरी गुच्छा खेल्दाको दिन
बासँग डराउथे
अचेल म फलानोसँग धेरै डराउछु

उस्ले केही भन्ला कि ??



शुत्रमा बाधिएको हिसाब जस्तो रहेनछ जिन्दगी
एक पटक होइन पटक पटक केरेर मिलाउन सकिने
जिन्दगी त टाल्नु पर्ने रहेछ
च्यातिन नपाउदै
सके पनि नसके पनि
जिन्दगीको क्यानभासमा
घिसार्नु पर्ने रहेछ कुचिहरु
पोत्नु पर्ने रहेछ रङहरु
कोर्नु पर्ने रहेछ सुनौला चित्रहरु
जिन्दगी सुकिलो कपडाले टालिएन भने
हेर्दा चिटिक्कको चित्र जस्तै बनाइएन भने

भोलि फलानोले के भन्छ??

तिमी मलाई जति स्वतन्त्र देख्छौ
म तेति स्वतन्त्र छैन
म त तेति मात्रै खुल्ला छु
जति तिम्ले आरक्षण कोटा छुट्याएर
बाकी राखेका छौ
म तेति मात्र खुसी छु
जति बर्खामा खहरे उर्लिन्छ
म तेति मात्र हास्छु
जति तिमी उस्लाई सम्झिएर रुन्छौ
यहाँ हास्नुलाई चरित्रसँग जोडिन्छ
स्वतन्त्र हुनुलाई छाडापनसँग गासिन्छ
त्यसैले त म भन्छु
तिमी दुनियाँको अघि खुल्ला नबन
नहास तिमी अरुको अघि
यदि हास्यौ भने

फलानोले के भन्छ??

यसो गर उसो नगर
उस्कै निम्ति आफ्नो इच्छा मेटाउ
पुरिदेउ खाल्टो खनेर कतै
आफ्ना मनका रहरहरु
चिहानमा लगेर गाडिदेउ आफुलाई
जबर्जस्ती ओठ खोलेर हास्न सजिलो कहाँ छ र
अनि यो शहरमा रुन पनि त गाह्रो छ
आमा भन्नू हुन्थ्यो
छोरा मान्छे भएर रुनु हुदैन

फलानोले देखे के भन्छ??

अचेल म पनि
खुब दौड्धुप गर्दैछु
मलाई पनि त केही भन्नू छ

फलानो बनेर !!!

Search

Contact Form

Name

Email *

Message *