रोनाल्डो चम्कदा मेस्सी एक्लैको ५ गोल - Palpali Milan

Recent

06 June 2022

रोनाल्डो चम्कदा मेस्सी एक्लैको ५ गोल

 

रोनाल्डो चम्कदा मेस्सी एक्लैको ५ गोल 

Ronaldo Vs Messi
 ३३औं खेलसम्म अपराजित रहन सफल भएको अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजो र प्रतिद्धन्द्धी इस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको खेलमा मेस्सीले ४७ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए ।
  खेलको आठौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । ४५औं मिनेटमा मेस्सीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४७औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गरे । ७१औं मिनेटमा मेस्सीले व्यक्तिगत र टोलीका लागि चौथो गोल गरे । ७६औं मिनेटमा मेस्सीले पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
             क्रिस्टियानो रोनाल्डो चम्कदा पोर्चुगलले युइएफए नेसन्स लिग ए ग्रुप २ समूहको दोस्रो खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ४–० को सानदार जित निकालेको खेलमा रोनाल्डोले दुई तथा विलियम कार्भाल्हो र जोओ क्यान्सेलोले समान एक गोल गरे । 
 राष्ट्रिय टोलीबाट ३७ वर्षीय रोनाल्डोको यो ११७औं अन्तर्राष्ट्रिय गोल हो । उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन् । उनले गत वर्ष नै इरानका अली दाईको सर्वाधिक गोलको कीर्तिमानलाई तोडेका थिए । त्यसपछि ६८औं मिनेटमा जोओ क्यान्सेलोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाए ।

No comments:

Post a Comment

Search