बुड़ो रुख र खुइलिएको समाज !! कविता !! अनुस्कार पुस्कर गुरुङ - Palpali Milan

Recent

23 May 2018

बुड़ो रुख र खुइलिएको समाज !! कविता !! अनुस्कार पुस्कर गुरुङ


Anuskar Puskar Gurung,nepali poet,kalimpongबिहानीको घाम वा घामको बिहानीले मलाई

झकझकाउछ

घरको ढोकालाई लातलै हान्दै पस्दछ

बिहानीको किरण

सारा झ्यालहरु बन्द हुदा खोल्छन् किरणका हातहरुले

मेरो घरको मूलकोठा !





बिहानीमाई आँखा उग्लैदा देख्छु

त्यो डाढ़ाको बूड़ो ऱुखलाई

कालै कालो मोसोले पोतिएको समाजको रंगले

पत्कर पत्रांगै पातहरुले साथछोड़ेको

नसा-नसामा पानीका कणहरुको अभाव

खुईय…खितका छाड़े र पसे कोठातिर !



भोलि भयो बिहानीको त्सो नै घाम

त्यो नै किरण ,त्यो नै बूड़ो रुख

त्यो दृष्य र म !



एक तर्फ त्यो बूड़ो रुख

अर्को तर्फ अंकुर पौदाहरु



खुइलिएको समाज !



बसन्त लागेको समयमा मैले यहि झ्यालबाट हेरेको

त्यो बूडयो रुखलाई

सारा बारीको राजाभै धम्काउथे

चिलाउनेको रुखलाई ,लामपातेको रुखलाई

पैतालामा राखेर हाँसेको थियो !

हेर त आज त्यो बुडयो रुखलाई नत हासँद्छ

नत रुन्छ

के भयो त्यो बूड़ो रुखलाई !



हुरी बतासले पनि डाल्न न सक्ने त्यो बूड़ो रुखलाई

समाजको शिखरमा उभिएको छ

कुरीति,कुसंसकार र आडम्बरको

दह्रो खाम्बो लिएर

बिस्तार बिस्तार खुइलाईरहेको समाजलाई

त्यो बूढो रुखले

कसैलाई कसैको स्वन्त्रतामा बाच्न नदिने

आज त्यो बूढ़ो रुखनै डल्नु पर्ने छ

त्यो बूढ़ो रुखलाई उखेलिएर फ्यालनु पर्ने छ

त्यो बूढ़ो रुखको बिचार र धारणाहरुलाई

समाजको भूमिबाट उखेलिएर फ्यालनु पर्ने छ

फ्यालनु पर्ने छ त्यि ढड़ेको रुखलाई !



माटोको मुनि मुनि जड़ाहरुलाई षड्यन्त्रको

जालमा बुन्न बाद्धय गराउने त्यो

बूढ़ो रुख एकलो आफ्नो आडम्बरमा बाचिरहेको छ !



सूर्यको किरणले डढ़ाएको त्यो बूढ़ो रुखलाई

घमण्ड छ आफ्नै बलमा

त्यो बूढ़ो रुखलाई के लागेको छ

आफ्नो आस्तित्व मेटिन्दापनि के लाग्छ कुन्नि

आफ्नो शरीरलाई सुहाउदिलो लाग्ने त्यो

समाजको बूढ़ो रुखलाई थुकले मात्र स्वागत

गर्न स्वाभविक छ !



नयाँ नयाँ नव पौद्धाहरुको सृजनामा

त्यो बूढ़ो रुखले आफैलाई योग्यता ठान्दछ

आफ्नो शरीरलाई पातले साथ छोड़ेको

पानीले साथ छोड़ेको

समाजले साथ छोड़ेको

माटोले साथ छोड़ेको

हेर त त्यो बूढ़ो रुखलाई आफ्नो अस्तित्वहिन

अनुहारमा घमण्ड छ !



बूढ़ो रुख त्यो मानिसहो जसले समाजलाई

आफ्नो लातले कुल्चेकोछ

समाजको नविनताको किरणलाई

आफ्नो हातहरुले डाकेको छ

त्यो बूढ़ो रुखको हात ,खुट्टा ,अंग-अंग

काटेर फ्याल्नु पर्ने यो समाजलाई

सन्देस छ !



त्यो बिहीन आयो ,त्यो घामको किरण आयो

त्यहि बसन्त आयो , त्यहि समय आयो

तर

त्यो डाड़ाको बूरो रुखलाई डाल्न

कसैले सकेको छैन !



त्यो बूढ़ो रुख आफ्नै अंहकारमा हाँसिरहेको छ

समाजको रंगहरुलाई चुसेर-चुसेर

कालै कालो रंगहरुमा परिनत गरिरहेको छ !



हे कवि तिमीहरुलाई मेरो सन्देस छ

हे लेखकहरुलाई मेरो निवेदन छ

कसैले त्यो समाजको कालो बूढ़ो रुखलाई

जड़ा उखेलिएर फ्यालने अनि

मात्र म सुखको निंनद्रामा सुत्न सक्छु

यो समाजको खाटहरुमा !
दार्जीलिङ

No comments:

Post a Comment

Search