सबैलाई थाहा भएकै कुरा हो। अभावको जीवन जिउन कति कस्ट र पिडादायक हुन्छ भनेर, तर के
गर्नु भाविको लेखान्त मेटेर मेटिन्न भन्छन। चमेलीलाई पनि यस्तै दु:खको भुमरीमा पारेर जन्म दियो दैवले। शायद छैठिको दिनमा चमेलिको भाग्यरेखा कोर्ने बेलामा भगवान लाई पनि सेतो कागज र कालो मसीको अभाब परेछ क्यार र त आज उसको भाग्य लत्पतिएको अक्षरले कोरिएको कागज झैं भएको छ। आफैले नबुझ्ने अनी कसैले पनि पढेर स्मरण गर्न नसक्ने गरी।

यस्तो हुनुमा बिचरी जन्म दिने ति आमाको के दोष ? उनले त ९ महिना सम्म गर्भमा राखेर यो सुन्दर धर्तीमा पाइला टेकाईन। अभाबै अभावमा दिन प्रति दिन चमेलिको चढ्दो उमेर संगै उसका गतिशिल पाइलाहरु अघी बढ्न थाल्यो । उसको भाग्यको रेखा अस्पस्ट भएता पनि कर्म रेखा भने चम्किलो कोर्न चाहन्थी ऊ ।
किन की कर्म रेखा त आफैले कोर्ने रेखा थियो। आफ्नो लागी त जो कोहिले पनि राम्रो नै होस् भन्ने चाहना राखेको हुन्छ। त्यो मध्ये चमेली पनि एक थिइ । समयको गति संगै उसको जीवन पनि सुख दु:ख ,घाम पानी सबै संघर्षका बावजुद अघि बढ्दै गयो। कुनै कुराको अभावको महसुश नगरीकन अघी बढी नै रही चमेली। जती नै दु:ख परे ता पनि नआत्तिइकन साउनको भेलमा बगेको सालको मुढा जस्तै कहिले यो किनारमा त कहिले त्यो किनारमा ठोक्किदै अइया आथ्था को कुनै प्रतिक्रिया नदेखाई निरन्तर बगिरही बगिनै रही ।



हो उसलाई थाहा छ। यो धर्ति कती सुन्दर अनी मनमोहक छ भनेर। तर पनि कता कता पीडाको बोध भइरहन्छ उस्लाई। सायद उसको जीवनको बाटाहरु नै यस्तै पीडा र अभावले भरिएका छन। पुर्खाको भनाइमा सत्यता हुन्छ भन्छन र भन्ने गरिन्छ पनि। "लेखेको पाइन्छ देखेको पाइदैन" हो यो कुरा ऊ सोध्न चाहन्छे । के त्यो निर्दोश बालकको निधारमा कोरिएको रेखा असुभ थियो त? के उसले जीवन भर बिना गल्ती नै पिडा भोग्नु पर्ने नै हो त ? कसैले गरिदिएको गल्तिको सजायँ भोग्दै यो सुन्दर संसारमा सधै औंशीको रात जस्तो अन्धकार बनेर बित्ने भो त उसको जीवन ? अनि फेरी सुन्ने र भन्ने गरिन्छ। "दु:ख पछी सुख अवस्य हुन्छ रे" । यदी त्यसो हो भने किन चमेलिको जीवनमा खुसीको बहार छाउन सकेन त ? हो उमेरको बहाव संग संगै उसले कसैसँग निस्चल मायाँ गाँसेकी थिइ। तर उसको मायालाई समय र परिस्थितीले अचानक लात्याइ दियो। के उसको कसै सँग माया पिरती गाँस्ने अधिकार थिएन त? किन उसको मायाँ गर्ने मनले कसैको मायाँ पाउन सकेन त? किन उसले बनाएका आस्था र बिस्वासका मुनाहरु बिचैमा चुडिन थाले? किन उसको खुशी र चाहना हरु लाई कसैको मनले बुझ्न नसकेर लत्याई दिन्छन? आखिर अरुको जस्तै उसको पनि त मन छ, मुटु छ। उसले मात्रै यो रंगिन संसारमा सधै भरी मुटु माथि ढुंगा राखेर हाँस्नु पर्ने किन? यस्तै अनेकनेक प्रश्नहरुले चमेलीलाई घच्घच्याई रहन्छ। झन्डै जीवनको आधा बसन्तहरुलाई पार गरि सक्दा पनि उस्ले जीवनमा कुनै त्यस्तो खुसीको पल पाउन सकिन जहाँ/जुन संसारमा ऊ रमाउन सकोस। शायद भाबिले नै छैटिमा यी सारा कुराहरु बाट उसलाई बंचित गराएको छ । हुन त जस्को भाग्यमा जे लेखिएको छ त्यही नै जीवनमा भोग गर्न पाईन्छ भन्छन। चमेलिको भाग्यमा पनि यस्तै थियो शायद।

यो सुन्दर संसारमा जीवनका सारा दु:ख अनी वेदनाहरु लाई बिर्साउँदै आफ्नो मायाँलुको न्यानो अंगालोमा लिप्त भएर जुनि जुनि सम्मलाई नछुट्टिने कसम खाँदै नयाँ संसारमा रमाउने सुखानुभुतिको चाहना मन भरी सजाएकी थिइ चमेलिले। एक रथका दुई पांग्रा भएर मायाँलु दुई आत्माको प्रेम मिलन समझदारिमा जीवनका हरेक दु:ख सुखका खुड्किलाहरु पार गर्ने सपना केवल सपनामै सिमित भए चमेलिको जीवनमा...बस अर्को भाग्य रेखाको पर्खाइमा......!!!!

***समाप्त***
कथाकार
बिमला अधिकारी (देवकोटा)
चितवन भरतपुर
हाल इज्राएल
नेपाली लघुकथा ( अर्को भाग्य रेखाको पर्खाइमा ---)
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.