Convert Big Size Photo Into Small Size - Palpali Milan

Recent

24 December 2011

Convert Big Size Photo Into Small Size


Facebook, Twitter, Google Plus तथा Mig33 जस्ता विभिन्न Social Networking Site को प्रयोग नेपालमा पनि सामान्य भइसकेको छ । विशेषगरी टिनेज साथीहरुमा त यसको क्रेज नै छ भन्दा पनि हुन्छ । यी सबै साइटको आ–आफ्नै विशेषता छ तर यी सबैमा हामी सबैले भोग्ने गरेको एउटा साझा समस्या भनेको ठुलो साइजको फोटोहरु अपलोड गर्दा लाग्ने समय हो । फोटो शेयर गरेर कमेन्ट पाउँदा जति मज्जा आउँछ, फोटो अपलोड हुदाँ लाग्ने टाइमले त्यो भन्दा बढि झ्याउ लाग्नुलाई पनि सामान्य नै मान्नु पर्छ । यही समस्याको निम्ति यो पोस्टमार्फत एउटा यस्तो Application को बारेमा बताउन गइरहेको छु । जसले ठुलो साइजको फोटो लाई सजिलै सानो साइजमा Convert गर्न सहयोग गर्नेछ ।
जसको लागि
1. सर्वप्रथम तलको चित्रमा जस्तै जुन फोटोको साइज घटाउन खोज्नुभएको त्यसलाई Right Click गरी
Open With बाट Microsoft Office Picture Manager मा खोल्नुहोस ।




2. अब चित्रमा जस्तै PIcture मा Click गरी Compress Picture मा क्लिक गर्नुहोस ।
3. अब पुनः चित्रमा जस्तै Compress For बाट कुनै एउटा अप्सन छान्नुहोस ।

चित्रमा Document Option Choose गर्दा पहिला 1.59 MB (1628 kb) रहेको फोटोको साइज घटेर जम्मा 304 KB भएको छ । हजुरले आव्श्यकता अनुसार अरु अप्सन पनि प्रयोग गर्न सक्नुहुनेछ ।
4.अब सानो साइजको फोटोलाई सेभ गर्न चित्रमा जस्तैः File Menu मा गई Save as Option मा क्लिक गर्नुहोस

Note :
Direct Save गर्दा Original Photo Replace हुने हुदाँ Save as Option प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।
अब अन्त्यमा एउटा कुनै नयाँ नाम दिएर चित्रमा जस्तै Save मा क्ल्कि गर्नुहोस ।

Special Thanks 2 Dev Shrestha .

No comments:

Post a Comment

Search