उत्तर - दक्षिण गरि-गरि, राष्ट्र भक्त गलाउदै छन् - Palpali Milan

25 December 2011

demo-image

उत्तर - दक्षिण गरि-गरि, राष्ट्र भक्त गलाउदै छन्


भातको सीतो भुइंमा खस्दा,कर्णालीको भोक देख्छु
ठाँटिएर हिंड्न खोज्दा,रुकुमको त्यो शोक देख्छु

चर्किन्छ यो छाती अति, मेरो देशको पाटो दुख्दा
छल्किन्छ यो रगत अति,मेरो देशको माटो दुख्दा

यत्र-तत्र चारै तिर,देशलाई खाने रोग देख्छु,
ठाँटिएर हिंड्न खोज्दा,रुकुमको त्यो शोक देख्छु

भातको सीतो भुइंमा खस्दा,कर्णालीको भोक देख्छु

ठाँटिएर हिंड्न खोज्दा,रुकुमको त्यो शोक देख्छु


देख्दैछु म आफ्नै सन्तान,मेरो राष्ट जलाउंदै छन्
उत्तर-दक्षिण गरि-गरि,राष्ट्र भक्त गलाउदै छन्
देश रुंदा चुप चाप बस्ने,निरही त्यो लोक देख्छु
ठाँटिएर हिंड्न खोज्दा,रुकुमको त्यो शोक देख्छु

भातको सीतो भुइंमा खस्दा,कर्णालीको भोक देख्छु
ठाँटिएर हिंड्न खोज्दा,रुकुमको त्यो शोक देख्छु

Rajesh+Rumba+Lama



uLtsf/
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com

Search

Contact Form

Name

Email *

Message *