पछुतो नै हुने गरी, किन माया लाउनु हजुर
एक वर्षानि नथेग्ने त्यो,छानो किन छाउनु हजुर

मायाको बिउ रोपे पछि, पानि पनि हाल्छन नि त
गाडि मात्र छोड्ने भए त, दु:ख किन पाउनु हजुर

इमान्दार भए देखी, नाता जोडौ जिन्दगी भर
ढोल पिटाई सबै तिर, गीत त किन गाउनु हजुर


मायालाई नै यत्रतत्र, सरबत्र पार्छौ भने त
देख्दा राम्रो नाटकले, मन किन दाउनु हजुर

चोखो माया भए मात्र ति, हात जोड मन्दिरमा गई
स्वार्थ छ की मायामा नै, व्यर्थ किन धाउनु हजुर

गजलकार
शान्ति अधिकारी
लमजुङ्ग नेपाल ।।
हाल नेपालगञ्ज
**** हजुर ****

 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.