** नयाँ बर्ष ** - Palpali Milan

01 January 2012

demo-image

** नयाँ बर्ष **


नयाँ बर्ष आयो फेरि आशा किरण बोकी,
हामी माझ छायो फेरि आशा किरण बोकी ।

कुरिती र कुसंस्कारको जरो खन्छु भन्छ,
शान्ति गीत गायो फेरि आशा किरण बोकी ।

देश संगै जनताको ब्यथा हेर्यो टोलाएर,
लोक नै बुझायो फेरि आशा किरण बोकी ।


पुष माघको घाम हुँ भन्छ असारको झरि,
हर्ष मुख बायो फेरि आशा किरण बोकी ।

भन्छ कुरा सहि सोच बर्बाद केही हुन्न,
घाम झै उदायो फेरि आशा किरण बोकी ।

rAm++chAdrA+kArki
गजलकार 
रामचन्द्र कार्की
आपपिपल -४राईगाउँ गोरखा
हाल : महेन्द्रपुल
** नयाँ बर्ष **


Search

Contact Form

Name

Email *

Message *