** बोधि-वृक्षको खोजीमा छु .. ** - Palpali Milan

Recent

10 January 2012

** बोधि-वृक्षको खोजीमा छु .. **


एउटा शून्यताको भाव
एउटा लीनको आभास
आफै भित्रको असूर
पराजित गर्न
बोधि-वृक्षको खोजीमा छु ।

अनर्गल छ्यापिने
तथानाम विरक्तहरु
रक्तबीज झैं पुन : सल्बलाउने
अनगिन्ती रहरका खातहरु
विस्थापित गर्न
बोधि-वृक्षको खोजीमा छु ।

चेतना माथि आक्रामक बनेका
सैधान्तिक धमिराहरु
आस्था माथि बिषालु बनेका
अनियन्त्रित चिन्तनहरु
मैत्रीय पार्न
बोधि-वृक्षको खोजीमा छु ।।

कवी
सुधीर ख्वबि
ललितपुर नेपाल

No comments:

Post a Comment

Search