** निभेका बत्तिहरु ** - Palpali Milan

Recent

30 January 2012

** निभेका बत्तिहरु **



अर्धनग्न लम्पसार छुँ म
यो अन्धकार भित्र..!
चुलिएका चाहानाहरु
एक पछी अक्रो आवेगमा
मलाई छट्पटाई रहेछन्
र पनि आँखा चिमिक्क गर्छुँ
काल्पनिक अवतार मलाई
निभेका बत्तिहरु जिस्काई रहेछन् बारबार बारबार..!!



यौवनको उनमात बे-कसुर
थामिरहेछुँ कसरी बेहोसमा
झिना-मसिना आवरणहरु
जुनकीरीको लहर पछी-पछी
उषाको किरण छर्छु भनेर
अहो!हेरत झिलमिल-झिलमील
र पनि अवतारका प्रतिबिम्ब मलाई
निभेका बत्तिहरु जिस्काई रहेछन् बारबार बारबार..!!

शिरा धमनी बिनाको मुटु
रक्त प्रभाह बिना संचित गर्दा गर्दै
रित्तिएका रक्त केशिकाहरु
हावाका थैलिहरु चुडिएको म मान्छे
धर्तिको आँचल बाहिर नेपथ्यामा
जिउने बर्चस्व खोजिरहेछु निशामा
कालो अन्धकार, तितो अतित फेरी
प्रवाह गरीरहेछन् कन्धराबाट
उफ्फ.!!
र पनि अवतारका प्रतिबिम्ब मलाई,
निभेका बत्तिहरु जिस्काई रहेछन् बारबार-बारबार..!!
जिस्काई रहेछन्.......!!
कवी
लक्ष्मन मिलन विष्ट
कालिकास्थान, अछाम हाल मुम्बई

No comments:

Post a Comment

Search