*** मन्दिर मस्जिद गिर्जामा *** - Palpali Milan

Recent

30 January 2012

*** मन्दिर मस्जिद गिर्जामा ***



मन्दिर मस्जिद गिर्जामा ढोग्नेहरु बड्दैछन
भाकल राखेर गुनासा पोख्नेहरु बड्दैछन ।

विश्वास कसलाई गर्ने र चारैतिर उही हाल
छलछाम र मनमा पाप बोक्नेहरु बड्दैछन ।

होश गर है जिउ र ज्यान सुम्पिदिनेहरुले
नासो थमाइ भागिजाने लोग्नेहरु बड्दैछन ।




धिक्कार त्यो जवानी होश गुमाउनेहरुको
अबोध शिशुलाई हुर्कन रोक्नेहरु बड्दैछन।

मात्रित्व र ममतामा नि शंका नै उब्जन्छ
आफ्नै रगतको मुल्य तोक्नेहरु बड्दैछन।

संसार चलाउने नारी पुरुष जान्दैनन् अझै ?
छोराछोरी माझमा नाफा जोख्नेहरु बड्दैछन।

सभ्य समाजको निर्माण हो ? प्रश्न गरिहेर्नु
उत्तर अड्काइ गलामा खोक्नेहरु बड्दैछन।

गजलकार
Sarita Sharma Samadarshi
Kalimpong, India

No comments:

Post a Comment

Search