*** धुन बन्छु बाँसुरीको *** - Palpali Milan

Recent

09 January 2012

*** धुन बन्छु बाँसुरीको ***




धुन बन्छु बाँसुरीको बिरहमा गाँउनु है त
डाक्छु मैले बियोगमा प्रिय तिमी आउनु है त

ओईलि गए पुष्प गुच्छा तिम्रो न्यानो साथ खोज्दै
अँगालोमा बाधिएर गर्ने मिठो बात खोज्दै

सुख दुःख जिन्दगीमा सदाबहार् छाउनु है त
डाक्छु मैले बियोगमा प्रिय तिमी आउनू है त



कति जाँउ मठ मन्दिर् पुज्ने त्यहि देउता हो
लाग्छ मेरो जिन्दगीमा तिमी नै त एउटा हो

जुनि काट्ने अजम्बरी नाता सँधै लाउनु है त
डाक्छु मैले बियोगमा प्रिय तिमी आउनु है त

धुन बन्छु बाँसुरीको बिरहमा गाँउनु है त
डाक्छु मैले बियोगमा प्रिय तिमी आउनु है त


गीतकार 
पूर्ण गुभाजु मुस्कान
गोर्खा - ३
मसेल ,सपुङ्गे

No comments:

Post a Comment

Search