** तिम्रो मनको बगैंचामा फुल्न पाए हुन्थ्यो ** - Palpali Milan

Recent

10 January 2012

** तिम्रो मनको बगैंचामा फुल्न पाए हुन्थ्यो **

तिम्रो मनको बगैंचामा फुल्न पाए हुन्थ्यो
तिम्रो मिठो बातहरुमा भुल्न पाए हुन्थ्यो

जीवन भरि तिम्रै न्यानो स्पर्शमा बसी
तिम्रो मन मुटु भरि डुल्न पाए हुन्थ्यो

संसार कति रमाइलो छ जिउन जाने देखि
अन्धकारमा जुन बनी खुल्न पाए हुन्थ्यो


जति टाढा हुदै गयो उति याद आउछ किन ?
सपनीमा भए पनि ,संगै झुल्न पाए हुन्थ्यो

गजलकार
बिमला अधिकारी देवकोटा
भरतपुर नेपाल


No comments:

Post a Comment

Search