*** हाँस्नु पर्छ *** - Palpali Milan

10 January 2012

demo-image

*** हाँस्नु पर्छ ***

swpanil+nirav+palpa+nepal+pic

कैले काँही जिन्दगी यो दुखाएर हाँस्नु पर्छ
फेरि कैले स्वाभिमान यो झुकाएर हाँस्नु पर्छ

आँसुले त पिरोल्छ रे तिमी हामी सबैलाई
अनमोल आँसु परेलीमै सुकाएर हाँस्नु पर्छ

झरी पर्छ कैले काँही कैले लाग्छ घाम पनि
झरिलो रात हृदयमै लुकाएर हाँस्नु पर्छ

मायालु त्यो प्रतिविम्व मनैबाट मेटाउन
जिन्दगीको ठुलो मूल्य चुकाएर हाँस्नु पर्छ




घरिघरि अँधेरीमा एक्लै लुकी रुन्छौ कति
जीवन बाँच्ने दिगो आँट जुटाएर हाँस्नु पर्छ

गजलकार

स्वप्निल नीरव
पाल्पा नेपाल
हाल बुटवल ।


Search

Contact Form

Name

Email *

Message *