सत्य सत्य धरो धर्म । नेपाली गजल । जीतु खड्का गाउँले । - Palpali Milan

Recent

14 February 2012

सत्य सत्य धरो धर्म । नेपाली गजल । जीतु खड्का गाउँले ।

सत्य सत्य धरो धर्म ढाट्या छैन मैले
तिमी बाहेक अरुलाई आट्या छैन मैले

किन व्यर्थै बुढो भन्छौ उमेर आँफै भन्छु
दुई बिसा अझै पनि काट्या छैन मैले

व्यर्थै किन शंका गर्छौ अर्की छ कि भन्दै
बाह्र जना सँग मुटु साट्या छैन मैले

केश मेरो फुल्न लाग्यो कन्ने नै छु अझै
पिरतीको डोरी अझै बाट्या छैन मैले


नेपालीमा मोही भन्थे हिन्दी मा त चुम्मा
माँया बसे पनि गाला चाट्या छैन मैले

गजलकार
जीतु खड्का गाउँले
मोरंग उर्लाबारी
हाल रियाध साउदी अरेविया

No comments:

Post a Comment

Search