सेती जस्तै तिमी बग्दा फेवा सरी छचल्किएँ,
आफ्नै अक्ष वरीपरी आफैं भित्र म अल्झिएँ ।
रफ्तारसँगै उर्लिएर सागर छुने रहर होला
त्यो मनको रस्तिबस्ती उमंगको शहर होला
चौघेरामा बन्दी म त यसै त्यसै अल्मल्लिएँ,
आफ्नै अक्ष वरीपरी आफैं भित्र म अल्झिएँ ।
वेदनाको माछापुच्छ्रे छातीभित्रै लुकेको छ
पोखराको झरिसँगै सारा याद दुखेको छ,
कंचन बनी बगिरह्यौ म हिलोमा रुमल्लिएँ,
आफ्नै अक्ष वरीपरी आफैं भित्र म अल्झिएँ ।
सेती जस्तै तिमी बग्दा फेवा सरी छचल्किएँ,
आफ्नै अक्ष वरीपरी आफैं भित्र म अल्झिएँ ।
गीतकार
नैना निरझरा
धादिंग नेपाल
No comments:
Post a Comment