Holi Special Nepali Gazal By Purn Gubhaju "Muskan" - Palpali Milan

07 March 2012

demo-image

Holi Special Nepali Gazal By Purn Gubhaju "Muskan"

Purna+Gorkhali+Muskan
प्रवासको बासमा हजुर होली खेल्न रहरै भो !
सधै उनको आसमा हजुर होली खेल्न रहरै भो !!

वर्ष दिनमा आउनेत हो खुशी बाड्न यहाँ होली,
के नै भनौ खासमा हजुर होली खेल्न रहरै भो

सोचें जस्तो काँहा मिल्नु आफ्ना भन्ने सबै यहाँ,
आफ्नैको त पासमा हजुर होली खेल्न रहरै भो !!



पर्खाइमा नै बित्दै थिए गते महिना साल तर ,
फागुन को मासमा हजुर होली खेल्न रहरै भो !!

गजलकार
पूर्ण गुभाजु मुस्कान
गोर्खा-३मसेल,सपुङ्गे

Search

Contact Form

Name

Email *

Message *