** बोलाउँछे मलाई ऊ चाँदनीको देशबाट ** - Palpali Milan

Recent

06 February 2012

** बोलाउँछे मलाई ऊ चाँदनीको देशबाट **

जुधाउँछे आँखा आँखा बेग्लै परिवेशबाट
बोलाउँछे मलाई ऊ चाँदनीको देशबाट

हर रात ऊ आउँछे सुस्त सुस्त बोलाउँछे
सपनीमा सताउँछे नौलो नौलो भेषबाट

फुकाउँछे सुस्त सुस्त पवनमा जब चुल्ठी
फिजाउँछे सुवाश ऊ बादलु झै केशबाट



हिमाली ऊ हाम्रो बिच पहाड तगारो थियो
पठाउँथे म धेरै मायाँ तराई मधेशबाट

लिई गयौ मेरा सारा आकाशमा धेरै टाढा
दिन के नै सकुँला म बाँकी अवशेशबाट
गजलकार
सुर्य चेमजोङ्ग
धरान नेपाल ।

No comments:

Post a Comment

Search