** मेरी आमा ** - Palpali Milan

06 February 2012

demo-image

** मेरी आमा **

Anu+Shah
जगत जननी,त्यागको मुर्ति ममाताकी खानि
निर्मल,पवित्र,सम्बेदनशिल अनी मनकी रानी

राजकुमार र परीको कथा सुनाउँछिन मेरी आमा
कल्पनामै पनि रमाउन सिकाउँछिन मेरी आमा

बालहठ सँग दिक्क हुँदा पनि मलाई मायाँ गर्ने
सारा गल्तिहरु माफ गरेर स्नेहले आचँलमा बेर्ने



सात समुन्द्र पारी पनि,आशिर्बाद सन्देश पठाउँछिन
सम्झेर हररात मलाई नै सिरानी सधैं भिजाउँछिन

चौतारी हो तिम्रो बिशाल हिर्दय मेरो दु:ख बिसाउन
एक जुनी काफी छैन,ममताको मुल्य चुकाउन

तिम्रो स्नेह,अनमोल मायाँ अनिंदो त्यो रातको
सल्लाह सुझाव र दु:खमा दिएको तिम्रो साथको

सकिन तिर्न दुधको भारा यो जीवनमा म के गरुँ?
अर्को जन्म पाएछु भने आमा,तिम्रै कोखमा परुँ ।
कवियत्री
अनु शाह
काठमाडौँ नेपाल हाल  Waltham MA

Search

Contact Form

Name

Email *

Message *