प्रेमपत्र रुपी नेपाली कविता । रेशम बोहोरा । - Palpali Milan

Recent

13 February 2012

प्रेमपत्र रुपी नेपाली कविता । रेशम बोहोरा ।

प्रिय रेश्मा,
अनिश्चित जिन्दगीको
संघर्षशील यात्रा बीचबाट
सुमधुर मायाको साथै
अविरल सम्झना..!


धेरै भयो
तिम्रो हस्ताक्षर लिएर
मायालु पत्रहरु नआएको,

कतै गाउँको हुलाकघर
आन्दोलनकारीको निशाना त बनेन ?


फेब्रुअरी का
आखिरी दिनहरु माझ,
स-प्रेम सम्झिरहेछु तिमीलाई..
तिमि छौ कतै दुर गाउँमा..
छु म अरबको अत्यासलाग्दो
कोलाहल भीडभित्र..!

कतै चिठीका खामहरुमा
तिम्रो स्पर्श समेटीएको
कतै चिठीका हरफहरुमा
मिठो मुस्कान पोखीएको,
हो त्यही पत्र..
पोहोर सालको...!
साँच्चै रेश्मा,
म तिम्रो पुरानो पत्र
चुमिरहेछु आज...!


पुर्ब तर्फबाट
बेजोडले बहने
चिसो हावाका
झोकाहरु संगै
मन नै चिसो भएको छ
कतै मेरो ............
आ..यो मन पनि
के -के सोच्छ के-के...!


जे होस्
भ्यालेन्टाइन डे को
पुर्वसंध्यामा,
गुराँसको थुंगा जस्ती
मेरी प्रिय रेश्मा
तिमीलाई लाखौं-लाख सम्झना छ ।
कवी
रेशम बोहोरा
धादिंग,हाल बहराइन
प्रेमपत्र  ।  नेपाली कविता  ।  रेशम बोहोरा ।

No comments:

Post a Comment

Search