यो "राष्ट्रप्रेमी"आफैलाई भुल्ने प्यारो छ नेपाल । गजल । टिका खड्का"राष्ट्रप्रेमी" । - Palpali Milan

Recent

27 February 2012

यो "राष्ट्रप्रेमी"आफैलाई भुल्ने प्यारो छ नेपाल । गजल । टिका खड्का"राष्ट्रप्रेमी" ।

धान र गहुँ तराईमा झुल्ने प्यारो छ नेपाल
पहाडी पाखा गुराँस फुल्ने प्यारो छ नेपाल

मोती झैँ लहर मिलेका पंति स्वच्छ र कन्चन
चाँदनी जस्तै हिमाल खुल्ने प्यारो छ नेपाल

साथी र संगी लुकी र छिपी त्यो पारी वनैमा
देउराली पुगी भन्ज्याङ डुल्ने प्यारो छ नेपाल

कोदाली खनी त्यो हलो जोती खेत र बारीमा
पसिना बनि नेपाली घुल्ने प्यारो छ नेपाल

देउडा, रोधी, मेलामा नाँच्दै दोहोरी गाउँदा
यो "राष्ट्रप्रेमी"आफैलाई भुल्ने प्यारो छ नेपाल
गजलकार
टिका खड्का"राष्ट्रप्रेमी"
मधुमल्ला-४
मोरंग

No comments:

Post a Comment

Search