पर्खिरहनु तिमीले चाँदनी रातमा । नेपाली गजल । सुर्य चेमजोङ्ग । - Palpali Milan

Recent

09 February 2012

पर्खिरहनु तिमीले चाँदनी रातमा । नेपाली गजल । सुर्य चेमजोङ्ग ।

पर्खिरहनु तिमीले चाँदनी रातमा
आउँदैछु लिई रातो गुलाब हातमा

प्रेम दिवस दिलको आज कुरा खोली
सँ-सँगै गरौंज्युने बाचा मुक्तिनाथमा

छ दिलको तिम्रो मेरो आकाश अधेंरो
बोलाएर ल्याउँदैछु म जून साथमा



नदेख्न नै तिमीलाई जाती थियो!देखें
भिज्ने गर्छ हर रात सिरानी यादमा

मेरी जून आकाश मा कैंयौ तारा छदैं
तिमी मन पर्यो नौं लाखको जमातमा
गजलकार
सुर्य चेमजोङ्ग
धरान नेपाल ।
पर्खिरहनु तिमीले चाँदनी रातमा । नेपाली गजल । सुर्य चेमजोङ्ग ।

No comments:

Post a Comment

Search