पागल सरी हिडिरहे । नेपाली गजल । तारा थापा मगर । - Palpali Milan

Recent

11 February 2012

पागल सरी हिडिरहे । नेपाली गजल । तारा थापा मगर ।

कोपिला ओइली  फुल नै सुक्छ भने के भनुर
मनको कुरा नसुनी थुक्छ भने के भनुर

कति नै रुन्छ भावना वेदना मनमा बोकी
बाधिएको माया बिचमा फुक्छ भने के भनुर

गरेको थिएन पक्षपात मैले टाढा हुन
बिछोडी टाढा भै मन दुख्छ भने के भनुर


पागल सरी हिडिरहे तड्पिदै खोज्दा खेरी
हिड्ने गोरेटोमा छली लुक्छ भने के भनुर

कती दियो पिडा कती कष्ट मनलाई सोध
फाटी सक्यो मन आज झुक्छ भने के भनुर

गजलकार
तारा थापा मगर
केवारे भाङ्ज्याग ६ ताप्के स्याङजा हाल्-मलायसिया

No comments:

Post a Comment

Search