माया । नेपाली गजल । बिना थिङ्ग तामाङ्ग । - Palpali Milan

Recent

14 February 2012

माया । नेपाली गजल । बिना थिङ्ग तामाङ्ग ।

कसैगरि नबिर्से है मनैभरि साँच्नु माया
मै मरेर गएपनि जुनिभरि बाँच्नु माया

मैले माया गर्दागर्दै तिमीलाई मन् नपरे
त्यसैबखत् म फुलेको विरुवानै भाँच्नु माया

वास्तवमै प्रेम गर्छु अभिनय गर्‍या हैन
शंका कुनै भएदेखि समयमै जाँच्नु माया


किन किन सकिननि तिम्रो मन जित्न मैले
रोईदिन्छ आत्मा मेरो भैगो तिमी हाँस्नु माया

कुनै दिन उस्तै परे वैरागेर हिडिदिन्छु
खुसीहुदैँ ताली पिट्दै तिमी चाँहि नाच्नु माया

गजल
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं

Search