तिमी र म । नेपाली मुक्तक । नैना निरझरा । - Palpali Milan

Recent

13 February 2012

तिमी र म । नेपाली मुक्तक । नैना निरझरा ।

म झरना, तिमी झन्कार
म सृष्टी, तिमी संसार
साईनो हाम्रो अजम्बरी छ,
म कृति, तिमी कलाकार ।

तिमी आकाश,म धर्ती
तिमी मौसम,म प्रकृती
एक अर्कामा सम्मोहित,
तिमी मन्दिर र म मुर्ती ।


तिमी सागर, म तिर्सना
तिमी संगीत, म मुर्छना,
यादहरु बोकेर तड्पिरहने,
तिमी एकान्त,म सम्झना । 

रचनाकार
नैना निरझरा
धादिंग नेपाल
तिमी र म । नेपाली मुक्तक । नैना निरझरा ।

1 comment:

  1. मलाई त खत्मै बनाई दियो

    ReplyDelete

Search