प्रेम, त्याग कि स्वार्थ ? नेपाली कविता । निता के.सी. भट्टाराई । - Palpali Milan

Recent

11 February 2012

प्रेम, त्याग कि स्वार्थ ? नेपाली कविता । निता के.सी. भट्टाराई ।

माया दिएकै थिएँ महसरि
तिमीले मेरो मुटु माग्यौ
बगैचा दिएकै थिएँ
बिहानै आएर मेरा आँखा माग्यौ
सान्निध्य, साहचर्य, दिएकै थिएँ
अझ बढी माग्यौ, भोगी आँखाले
मैले भनेथे
म राग दिन्छु, कण्ठ बेच्न सक्दिन म
सहारा दिन्छु, यी हात सुम्पन सक्दिन म

समय दिएकै थिएँ सुनसरि
तिमीले मेरो निद माग्यौ
भने सपनाहरू तिमीलाइ भो
एकदिन ओठ माग्यौ
भने मेरा मुस्कानहरू पनि तिमीलाइ भो
अचानक भेट्न छाडेउ
गमे के म रित्तिएँ र ?
मनमा छामे तिमीलाई
धड्कँदै थियौ उस्तैगरी गर्भको शिशु जस्तो
थैलीबाट निकालेर तिम्रो तस्बिर हेरे
फिस्स हाँसेको देखे तिमीलाइ
गर्भमा समुद्रले केही लुकाए जस्तो
झरीमा प्रकृतिले बादललाइ सुकाए जस्तो ।

कवियत्री
निता के.सी. भट्टाराई
लैनचोर काठमाडौँ
प्रेम, त्याग कि स्वार्थ ? नेपाली कविता ।  निता के.सी. भट्टाराई ।

No comments:

Post a Comment

Search