सिउँदो अर्कै भरे हुन्छ । नेपाली गजल । अनु शाह । - Palpali Milan

Recent

09 February 2012

सिउँदो अर्कै भरे हुन्छ । नेपाली गजल । अनु शाह ।

छैनौ तिमी मेरो बशमा जे मन लागे गरे हुन्छ
खुशीहुन सक्छौ भने सिउँदो अर्कै भरे हुन्छ

जून् तारा टिप्ने गीत अरुकै लागि गाए हुन्छ
डोली सजाई बेहुली बनाई अर्कै कोही ल्याए हुन्छ

बन्धन मुक्त गरी दिये जहाँ मन छ उडे हुन्छ
तिम्रो मेरो सम्बन्ध लाई चिहान बनाइ पुरे हुन्छ



छैनौ तिमी मेरो बशमा जे मन लागे गरे हुन्छ
खुशीहुन सक्छौ भने सिउँदो अर्कै भरे हुन्छ

गजलकार
अनु शाह
काठमाडौँ नेपाल हाल  Waltham MA

No comments:

Post a Comment

Search