*** योगेन दाजुका नेपाली मुक्तकहरु *** - Palpali Milan

23 February 2012

demo-image

*** योगेन दाजुका नेपाली मुक्तकहरु ***

Yogen+Dholi
अचेत बनी जीवन ढल्दा,एक पटक छुनु प्रिय
संसार हास्छ होला सायद्,मेरो लागी रुनु प्रिय
मन का पिर व्यथाहरु,आँसु ले नै धुनु प्रिय
आर्को जूनीमा कुर्ने छु म,मेरै लागी हुनु प्रिय


ईतिहास बनोस प्रगाढ प्रेम्,शब्द हरुकै खातमा
धर्ती छोडी दु:खी जाँदा,मलामी को साथ मा
उपहार स्वारुप थुङ्गा फूल्,लिई आउ हात मा
सक्छ्यौ भने भेटन आउ,अन्तिम पटक घाटमा


कसैको आँसु देख्दा पनि किन मान्छे हाँस्छन यहाँ
पिडा भरिएको त्यो छात्तिमा अझ लात मार्छन यहाँ
चित्कार लाई गीत सम्झी सबै ताली पिट्छन यहाँ
स्वार्थको धार अर्जापेर बिस्वास्को घाँटी रेट्छन यहाँ

रचनाकार
योगेन ढोली
लुक्ला,सोलुखुम्बु

Search

Contact Form

Name

Email *

Message *