** प्रतिगामी छु'रे ** गजल । सुवास संगम राई । - Palpali Milan

Recent

27 February 2012

** प्रतिगामी छु'रे ** गजल । सुवास संगम राई ।

प्रतिगामी छु'रे सुन्दा बेहोसी'भै ढल्दैछु म
अनक्षर भएर पो आफै देखि गल्दैछु म

अधम म हैन व्यर्थै आरोपको शिकार भै
कठिन त्यो नियम र कानुनमा चल्दैछु म

अक्षशाला धाउँदिन तर त्यस्तै चर्चा चल्यो
त्यसैले त आरोपित ज्वालाभित्र जल्दैछु म


आकांक्षका अंकुरण अकाल मै मरी दिंदा
आँशु झार्दै आशाहरु बालुवामा दल्दैछु म

नि:श्लथ छु नसकेर पुग्न आफ्नै गन्तव्यमा
हिंड्दा हिंड्दै आज बीच बाटोमा नै थल्दैछु म

गजलकार
सुवास संगम राई
लोखिम -३ सोलु
हाल:अबुधाबी यु.ए.ई

No comments:

Post a Comment

Search