** आहा !! म मरिसकेछु ** कविता । राजेश रुम्बा लामा "अतृप्त"। - Palpali Milan

27 February 2012

demo-image

** आहा !! म मरिसकेछु ** कविता । राजेश रुम्बा लामा "अतृप्त"।

Rajesh+Rumba+Lama
आहा !! म मरिसकेछु
हो आज म मरिसकेछु
तर,तर मृत्युको बाहुपाशमा
तिम्रो कठोर बाहुपाशमा भन्दा बढि
स्वर्गिय आनन्द भोग्दैछु
किन थाहा छ ?
किनकी जिवित हुदाँ
प्राप्त गर्न नसकेको
तिम्रो आत्मियता
म मृत्यु पश्चात पाउँदैथिएं
जब मेरो लाशमाथि कात्रो ओढाईयो
तिमी मेरो लाशमाथि घोप्टो परेर
कहालिएर रुँदै थियौ
शंखघोषसहित मेरो यात्रा
मसानघाट तर्फ शुरु हुदां

तिमी अश्रुभेलसहित
नग्न पयर मेरो पछि पछि
तिखा पत्थरहरुमा टेक्दै
रगाताम्य पार्दैथियौ
यो त्याग कहाँ पाएं र जीवनमा ?
तर मृत्युपश्चात पाउँदैथिएं
मेरो जीवन सजाउन नसकेका ती हातले
आज मेरो चिता सजाउँदै गर्दा
यस्तो लाग्यो मेरो मृत्यु छिट्टै हुनुपर्थ्यो
जब मेरो लाशलाई चितामा राखियो
तिमी मेरो वरिपरि घुम्दैथियौ
सायद अन्तिम पटक मलाई हेर्दैथियौ
स्निग्ध नजरले
कुनै दिन एक स्पर्शको लागि लालायित
हुन्थे मेरा मन र तन
आज तिनै हातहरु काँप्दैथिए
मलाई अग्निदाह गर्दा
आनन्दको अनुभूति चरमरुपमा हुदैँथियो
म सेतो बस्त्रमा लपेटिएर
आकाशतर्फको यात्रामा निक्लदैंगर्दा
तिमीले मलाई देख्न सकेनौ
तथापी म तिमीलाई नियाल्दैथिएं
म देख्दैथिएं,कुनै पल
मेरो उपस्थितिले बिझाउने तिमी
म जलेर बनेको खरानी
आफैमा धस्दै
भक्कानिएर रुँदै थियौ रुँदै थियौ ।
कवी 
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com

Search

Contact Form

Name

Email *

Message *