** मन्दिर र पुजारी अलग-अलग भए ** - Palpali Milan

Recent

07 February 2012

** मन्दिर र पुजारी अलग-अलग भए **

मन्दिर र पुजारी अलग-अलग भए
पिपल र चौतारी अलग-अलग भए

नचाहादा-नचाहादै पनि बा-आमाले
छोरा र बुहारी अलग-अलग भए

जसो-तसो गुजरा टार्थे बिचरा ले
भरिया र भारी अलग-अलग भए


मौलिकताको सुबाश पाउथ्ये सबै ले
तिनै फूल र बारी अलग-अलग भए

आफ्नो रिति-रिवाज भुलायो फेशनले
गुन्यूचोली र सारी अलग-अलग भए

चाहानाको पर्खाल चुलिन नपाउदै
"उनि" र "अधिकारी" अलग-अलग भए
गजलकार
सुबाश'सरोबर'अधिकारी
कमलबजार,अछाम

No comments:

Post a Comment

Search